आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् ।

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज दुई जना मन्त्रीको मात्र नियुक्ति गर्ने भएकी छन् । यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि आज दुई जनाले मात्र मन्त्रीको शपथ लिने भएका हुन् ।

 

आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् ।

 

यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ ।

 

त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पनि आज शपथ नलिने बताइएको छ ।

 

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार